STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धुलिखेलमा आदिवासी चलचित्रकर्मीहरुको बृहत कार्यशाला

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरुको संघ संस्थाहरुको रणनीति तर्जुमा तथा सक्षमता विकास र्साउन १३ गतेदेखि १५ गतेसम्मको तीनदिने कार्यशाला शुरु भएको छ । नेपाल सरकार चलिचित्र विकास बोर्डको आदिवासी जनजाति चलचित्रकर्मि प्रबर्द्धन समितिद्वारा आयोजित सो कार्यशालामा बरिष्ठ सिने पत्रकार , निर्देशक एवं आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधर असंबरेले आदिवासी जनजाति चलचित्र विषय मा कार्यपत्र र्पस्तुत गरेका थिए । त्यस्तै गरी सिस्टम युनिभर्सिटी अफ मेरिल्याण्डका प्रा।डा। विष्णु घिमिरे र्सोत व्यक्तिका रुपमा रहेका थिए भने संस्थागत क्षमता अभिबृद्दि विज्ञ नहकुल के।सी।ले आदिवासी जनजाति चलचित्रकर्मीहरुका संघ संस्थाहरू को क्षमता अभिबृद्दि र आवधिक योजना निर्माण बारे र्पशिक्षण दिएका थिए । कार्यशाला को उद्घाटन आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले पानसमा दियो बालेर गरेका थिए । उद्घाटन समारोहमा महासंघ का निवर्तमान अध्यक्ष प्रतिमाया पुन, चलचित्र विकास बोर्ड अधिकृत हरिसिंह रैखोला, महासंघया महा सचिव पुर्खाजित राई, किरात राई चलचिकर्मी मौसम इम्बुंग , महासंघ का उपाध्यक्ष बिकु थोकर लगायतले मन्तव्य राखेका थिए ।
Categorized in सिनेमा