STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

धुन नेपालको अन्तर्राष्ट्रिय कार्यक्रम मलेशियामा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र १३, बिहिबार

धुन नेपालका अध्यक्ष गायक डिआर सुजनको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अंन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिक क्षेत्रीय सम्योजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा  मलेसियामा पहिलो पटक इन्टरनेसनल कार्यक्रमको आयोजना गरेको छ । 

सो कार्यक्रममा जनसम्पर्क समिति मलेसियायका कांग्रेस सभापति चोलाकान्त पङ्गेनी, नेपाल तरुण दलका केन्द्रिय सदस्य जीत क्षेत्री, युवा व्यवसायी तथा मोडेल सन्तोष सुवेदीको बिशेष आतिथ्यता र आरटीएफसी फुटबल क्लब अध्यक्ष राजु तामाङ, उग्रतारा रेस्टुरेन्ट मलेसियाका टेकबहादुर टमोटा र पूर्व महिला संयोजक गैर आवासीय नेपाली सघ मलेसियाका मिरा गिरी पुरी सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो।

नेपाली गीत संगीतको क्षेत्रमा एक दशकदेखि सकृय रहँदै आइरहेको धुन नेपाल कम्पनीले मलेसियामा पहिलो पटक इन्टरनेसनल कार्यक्रमको आयोजना गरेको हो।  धुन नेपालले विगतमा धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ। नेपाली गीत संगीत संरक्षण सम्बर्द्धन र उत्थान कार्यमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको धुन नेपाल कम्पनीले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने प्रयास गरिरहेको छ । थाइल्यान्ड, सिङापुरको सांगीतिक यात्रा सँगसँगै मलेसियामा धुन नेपालको आयोजनामा भएको डिएन एष्ट्रा अडिनरी इन्टरनेशनल अवार्ड २०२४ कार्यक्रम सञ्चालन भने कुल राज पोखरेल र प्रकाश कुमार अधिकारीले गरेका थिए।

उक्त कार्यक्रमको लागि नेपालबाट धुन नेपालका अध्यक्ष डिआर सुजन सहित दर्जनौं कलाकारहरू गायक, गायिका, मोडल, हाँस्य कलाकार तथा भिडियो निर्देशक समेत कार्यक्रममा उपस्थित भएका थिए भने यो अवार्डको कार्यक्रम सम्योजक भने राजेन्द्र पुरीले गरेका थिए । उक्त कार्यक्रममा उपस्थिति भएका सम्पूर्ण कलाकारहरुले आधुनिक गायकमा सिडि बिजय अधिकारी, म्युजिक एरेन्जरमा पुष्कर खत्री, आधुनिक मोडेलमा दिपेन्द्र राज गिरि, लोकदोहोरी गायिकामा शितल ठकुरी, लोकप्रिय लोकदोहोरी गायकमा प्रेम शर्मा, लोकदोहोरी भिडियो निर्देशकमा दिप गुरुङ, लोकदोहोरी मोडेल महिलामा शुस्मिता गुरुङ, लोकदोहोरी गायक जुरिमा दिपेन थापा, टेलिचलचित्र कलाकारमा डम्वर बहादुर बिक, प्रत्यक्ष लाइभ दोहोरि गायिकामा रमिता पुन, आधुनिक नब गायकमा रभी कार्की, आधुनिक मोडेल नब महिलामा सदिक्षा पाण्डे, कार्यक्रम प्रस्तोतामा कुलराज पोखरेल, पप मोडेलमा डेविट घिमिरे,लोकदोहोरी गायक देबिराम राना, म्युजिसियनमा राजेन्द्र दाहाल, डान्सरमा प्रकाश कुमार अधिकारी, लोकपप गायक नबमा बाबुराम थापा, लोकदोहोरी नब गायिकामा रमिला बुढा मगर, प्रत्यक्ष लाइभदोहोरी गायकमा प्रकाश पुन लगायत विभिन्न विधामा छुट्टाछुट्टै इन्टरनेसनल अवार्ड प्रदान गरिएको थियो।

धुन नेपाल द्वारा आयोजित पहिलो अवार्ड नै अन्तरराष्ट्रीय स्तरमा थाइल्यान्ड, सिङ्गापुरको म्युजिकल टुर सहित मलेसियामा आयोजना गर्न सफल भएकोमा धुन नेपालका अध्यक्ष डिआर सुजनले खुसी ब्यक्त गर्नुकासाथै सबै सहयोगीहरू प्रति आभार पनि व्यक्त गरेका छन् ।

Categorized in साहित्य-कला