STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष १६, बुधबार

वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण समारोह सातदोबाटो स्थित ललितपुर पार्टि प्यालेसमा सम्पन्न भएको छ । उक्त पुस्तकको नाम अक्षरमा सात दशक,कुम्हालेको चक्र : माटो र जीवन रहेको छ । उक्त पुस्तकमा जम्मा ४२ अध्यायहरु समावेश भएका छन् । यसमा उहाँको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका अनेक आरोहअवरोहका संघर्षशील घटना परिघटना र सामाजिक सम्लग्नताको अलावा थुप्रै राम्रा नराम्रा, सुख दुःख, सफलता असफलता र संयोग वियोगका चरणहरु वर्णन भएको छ ।

उहाँका कुरा सुनेर नानी हेरा शाक्यले लिपिबद्ध गरेका छन् । यसको पूर्णपाठ अध्ययन गरेर साहित्यकार शैलेन्द्र अधिकारीले समिक्षा गरेको अंशलाई पुस्तकमा समेत समावेश गरिएको छ यस किताबमा समावेश भएका तत्कालिन समाजको वर्णन देखि उतारचढावको किस्साहरु पढिसकेपछि विशेषतः युवावर्गमा धैर्यताले काम गर्नुपर्छ भन्ने उर्जा थपिने विश्वास प्रकाशक कयो अवालेको रहेको छ । राजेश अवाले स्वयमंका अनुसार यस पुस्तकले सम्बन्धित वर्गलाई प्रेरणा पुगेको कारणले कुनै पनि रुचिको काममा निरन्तर लागेको खण्डमा सफलता प्राप्त हुने मूलसन्देश प्रवाह गर्न सकेमा आफ्नो पुस्तक यसप्रकार पुस्तकाकार स्वरुपमा सार्वजनिक गर्नुको उद्देश्य पूरा हुने बताएका छन् ।

उक्त सभाको सभापतित्व ग्रहण प्रकाशक कयो अवालेले गर्नुभयो । यसै गरी मञ्चमा आत्मवृत्तान्त पुस्तकका मुख्य व्यक्ति राजेश अवालेको प्रवेश भयो । कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्नुभयो । बिशेष अतिथिमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य रहनुभयो । साथै पुस्तकका लेखक नानी हेरा शाक्यले पनि आशन ग्रहण गर्नुभयो ।

यस अन्तर्कियात्मक लोकार्पण समारोहमा वक्ताको रुपमा पुस्तकका समिक्षक साहित्यकार शैलेन्द्र अधिकारी, वरिष्ठ धातुमूर्ति कलाकार सन्तकुमार शाक्य सहित मञ्चमा क्रमशः रुद्रवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष काजीरत्न शाक्य, महाबुद्ध मन्दिर संरक्षण समितिका अध्यक्ष महेन्द्रानन्द शाक्य, वरिष्ठ कलाकार तथा प्राज्ञ धर्मराज शाक्य, वरिष्ठ पौभा कलाकार लोक चित्रकार, वरिष्ठ प्रस्तरमूर्ति कलाकार चन्द्र श्याम डंगोल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मूर्तिकला विभाग प्रमुख तथा प्राज्ञ दिनेश्वर महत्तो र ललितपुर महानगरपालिकाका अध्यक्ष निर्मलरत्न शाक्य मञ्चमा आशिन भएका थिए भने थुप्रै संघसंस्थाका प्रतिनिधिहरु दर्शकदिर्घाको अघिल्लो स्थानमा यथास्थान आशन ग्रहणमा रहनुभयो । कलाकार राजेश अवालेले हाम्रो निमन्त्रणा स्वीकार गरेर यहाँ उपस्थित सबैलाई अन्तरहृदयबाट स्वागत गर्दछु भन्दै सभालाई विधिवट रुपमा अगाडि सार्नुभयो । कार्यक्रम भव्यताका साथ बुट्टेदार पानसमा दिप प्रज्वलन गरेर प्रमुख अतिथिले कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

यसैगरी प्रमुख अतिथि कुलपति नारदमणि हार्तम्छालीले यो सामाग्रीले कलाकारको अनुसन्धनात्मक अध्ययनका निमित्त एक महत्वपूर्ण प्रारम्भिक विवरण संकलन भएकोले यो प्राज्ञिक अध्येताका निम्ति समेत उपयोगी हुने बताउनुभयो । राजेश अवाले आफ्नो लागिमात्र नभई समाजलाई सृजनात्मक बनाउन लागिपरेको कुराले समेत आफु निकै प्रभावित भएको र यस्ता व्यक्ति सम्मानका हकदार समेत हुने भन्नुभयो ।

लेखक नानी हेरा शाक्य, सम्पादक रविन्द्र श्रेष्ठ, समिक्षक शैलेन्द्र अधिकारीलगायत विशेष अतिथि र प्रमुख अतिथिलाई सम्झनाको चिनो र कार्यक्रम सञ्चालक कुमार रञ्जितलाई कृतज्ञता पत्र क्रमशः प्रमुख अतिथि, राजेश अवाले र कयो अवालेले प्रदान गदै अन्त्यमा राजेश अवालेका तर्फबाट सबैलाई मुरीमुरी धन्यवाद प्रदान गर्दै दर्शकहरुको उलेख्य उपस्थिति रहेको पुस्तक लोकार्पण समारोहको सभा विसर्जन गर्नुभयो ।

Categorized in साहित्य-कला