STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ८, आइतबार

काठमाडौं - धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी भएका छन् । 

हमालले गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित हासिल गरेका हुन् । विजयी भएका उनले २६ हजार ८६५ मत प्राप्त गरेका छन् ।

पराजित वडले १४ हजार ८१७ मत प्राप्त गरे । यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै चुनाव लड्नु भएका हमाललाई पराजित गरेर वड मेयरमा निर्वाचित भएका थिए ।

यस्तै, उपमेयरमा विजयी हुनुभएका रानाले १५ हजार ४७९ मत प्राप्त गरे । उनले गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शान्ति अधिकारीलाई दुई हजार ८०९ मतान्तरले पराजित गरे । पराजित भएकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन्।

गठबन्धनको विरोध गर्दै नेपाली काङ्ग्रेसका नेता प्रभाकर भण्डारीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएका थिए ।भण्डारीले छ हजार ६०९ मत प्राप्त गरे । त्यसको फाइदा नेकपा (एमाले) का उम्मेदवारलाई भएको छ । 

धनगढी उपमहानगरपालिकामा कुल ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ७१५ (६८.४० प्रतिशत) मत खसेको थियो ।

Categorized in राजनीति