दोलखा जिल्लाको प्राकृतिक सुन्दरता समेटेको ‘दोलखा सिङ्गटी’
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ १०, बुधबार
दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक अमृत भारतीको शब्द, अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा राम कुमार नेपालीको संगीत तथा संगीत संयोजन रहेको छ ।
अभिनेता दिनेश केसी पछिल्लो समय कलाकारिता भन्दा पनि गायनमा बढी देखिन थालेका छन् । केही समय पहिले दोलखा जिल्लाको महत्वपूर्ण स्थानहरुलाई समेटेर जिल्लाको परिचयात्मक गीत बनाएका केसी नेपाल भित्र रहेका अधिकांस देवास्थानहरुको वर्णन गरिएको अति नै महत्वपूर्ण र सन्देशमूलक गीत दर्शक श्रोता माझ पस्कने तयारीमा छन् ।
उनले सार्वजनिक गरेका ‘नलेउ छट्पटी घुम्नलाई लैजान्छु दोलखा सिङ्गटी’ को भिडियोममा जनकबहादुर खत्री, मिन कुमारी खत्री र दिनेश केसी देखिएका छन् भने निर्देशन लिगेश भट्टराईको छ ।
https://youtu.be/3alDzZCOkUE?si=MzV1ztT0W-vtQncp
Categorized in राष्ट्रिय

