STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देशभरको हलबाट 'काँडेतार' उतारियो

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २७, आइतबार

नेपाल-भारतको सिमा क्षेत्रमा काँडेतार लगाउने अभियानको सन्देश बोकेको नेपाली चलचित्र " काँडेतार” फागुन २५ गतेबाट प्रदर्शनमा आएको थियो भने यस चलचित्रलाई हलहरुले उपयुक्त शो नदिएको भन्दै चलचित्र ‘काँडेतार’ लाई आइतबारबाट प्रदर्शन नगराउने निर्णय गरेको निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले जानकारी दिएको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगराउने निर्णय गरिएको बताइएको छ ।

विदेशी हिन्दी फिल्मलाई करिब ११५ वटा शो हल उपलब्ध गराइएको जिकिर गर्दै लगाउँदै नवल खड्काले अङ्ग्रेजी फिल्मलाई करिब ७० वटा शो हल उपलब्ध गराइएको जानकारी दिए। ‘चलचित्र शोमा प्राइम टाइम अति महत्त्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरू चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलब्ध गराइएन। दुई अन्य चलचित्र प्रत्येकलाई करिब ८०/९० वटा शोहरू प्राईमटाइममा दिइएको छ। तर हाम्रो चलचित्र ‘काँडेतार’ लाई मुस्किलले करिब २३ वटा शो दिइएको थियो । ती पनि बिहान ८,९ र १० बजेका अधिकांश शोहरू छन् । जुन समय दर्शकहरू घरका दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्।’ 

चलचित्र हलहरूबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ आफूहरूको कल्पनाभन्दा बाहिरको कुरा भएको र अन्तिम घडीमा चाल पाइएको उनको भनाई छ । ‘तर त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतिकरुपमा चलचित्र शो गर्ने र आजबाट नै रोक्ने निर्णय गरेका थियौँ, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो फागुन २५ मा नै जानकारी गराएका थियौँ,’  उनले भने ।

Categorized in सिनेमा