STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवा सरकारको पहिलो निर्णय : चैत्रभित्र सबैलाई खोप

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार राति बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैत्रभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको हो ।

आजै सरकारको प्रवक्ता तोकिएका  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनका अनुसार सरकारले अग्रपंक्तिमा खटिएकालाई एक साताभित्र भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारमा पुगेर पदबहाली गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो । देउवा सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका हुन्  ।

Categorized in राजनीति