STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवासँगको छलफलपछि माओवादीले मन्त्रीको टुंगो लगाउने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने भएको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डले सरकार गठनका सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको छ । देउवा आजै प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

बैठकपछि नेता नारायणकाजी श्रेष्ठले देउवासँग छलफल गरी सरकारको स्वरुपमा ठोस छलफल गरी मन्त्रिपरिषद् गठनको प्रक्रिया अगाडि बढाउन पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

माओवादी केन्द्रले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा तथा स्वेच्छाचारिताको नियन्त्रण गरेको निष्कर्ष पनि निकालेको छ ।

Categorized in राजनीति