STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवाद्वारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २२, आइतबार

चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा   विमोचन गर्नुभएको हो ।

विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको  बताउनुभयो । मिडिया हाउसले कोरोनाको विषम परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व बहन गर्न विचलित नभएको भन्दै खुशी व्यक्त गर्नुभयो । अहिलेको राजनीतिक अस्थिरताको बारेमा बोल्दै देउवाले जनताले चाहे मात्र काँग्रेस सरकारमा जाने बताउनुभयो ।

सो अवसरमा बोल्दै बिशिष्ट अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा  गर्नुभयो ।

आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मिडिया हाउसका महाप्रबन्धक हरि कार्की "लक्की"ले कोरोनाका कारण हरेक क्षेत्र तहसनहस भएसँगै मिडिया क्षेत्र पनि यसबाट अछुतो नरहेको बताउनुभयो । यस्तो महामारीको समयमा पनि मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उहाँले बताउनुभयो । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्‍याउने सबै प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा  कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रामजी कुँवरले गर्नुभएको थियो ।

स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन् ।

Categorized in राष्ट्रिय