STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुर्घटनामा मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३, मंगलबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते हुनुभएको छ । उहाँ¬को अवस्था गम्भीर रहेको छ । घाइते गिरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Categorized in अपराध-दुर्घटना