STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुर्घटनामा एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् । बिहान ३ः३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन ९चालक० र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि बल्खु काठमाडौँस्थित वयोधा अस्पतालमा पठाइएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा२०च ४२७९ नम्बरको बोलेरो सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
Categorized in अपराध-दुर्घटना