STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुर्घटनाबाट बच्यो १६९ जना यात्रु बोकेको फ्लाई दुबईको जहाज

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ११, सोमबार

 

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा अचानक इन्जिनमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’

जहाजमा १६९ जना यात्रु रहेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार इन्जिनमा आगलागी हुँदा आकाशमा घुमिरहेको जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

अहिले जहाजलाई पाइलटले आकाशमै घुमाइरहेका छन् ।जहाजमा इन्धन धेरै भएको अवस्थामा आगो लाग्न सक्ने खतरालाई मध्यनजर गर्दै पाइलटले जहाजलाई आकाशमै फन्को मारिरहेको थियो ।

पाइलटले भारतमा जहाज अवतरण गर्ने प्रयास गरिरहेको ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका छन् ।

Categorized in अपराध-दुर्घटना