STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा २८ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौं- बल्खुमा प्रहरी र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ पक्षबीच झडप हुँदा २८ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो बल्खुमा प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि बल प्रयोग भएको थियो । सोही क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएकामा १७ जना उपचारपश्चात डिस्चार्ज भएका छन् । छ जनाको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको एसएसपी मैनालीले बताए ।

त्यस्तै प्रदर्शनकारीले ढुंगामुढा गर्दा ५ प्रहरी कर्मचारी घाइते छन् । उनीहरूको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

Categorized in राजनीति