STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुई भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी दाबी

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १५, बुधबार

पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्। उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ। पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्। यसअघि विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानी वायुसेनाले आफ्नो आकाशभित्रै रहेर भारत-पाकिस्तान नियन्त्रणरेखापारि बम हानेको बताएका थिए। ( बीबीसी )  
Categorized in अन्तर्राष्ट्रिय