STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको जिप दुर्घटना

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३०, बिहिबार

काठमाडौं- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ ।

उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

Categorized in अपराध-दुर्घटना