STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दाङमा बौद्धधर्मसम्बन्धित सामग्री प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १५, बिहिबार

काठमाडौं– दाङको बेल्झुण्डीमा ‘प्रदेश एक्स्पो २०७६’ सम्पन्न भएको छ । प्रदर्शनीमा अक्षयश्वर महाविहारले पनि सहभागिता जनाएको थियो । महाविहारको संयोजनमा पञ्चबुद्ध र श्रीयन्त्र मण्डला प्रदर्शनीमा राखिएको थियो । यसका साथै प्रदर्शनीमा लुम्बिनी सम्बन्धी फोटो, पौभा, परम्परागत सामग्री, सजावटका सामग्री, प्रस्तर ढुङ्गाका मूर्ति, चर्यानृत्य, पानी शुद्धिकरण एवं कचहरी नाटक प्रदर्शनी भएको थियो । प्रदेश नं ५ सरकारको आयोजनामा सो महोत्सव भएको थियो । प्रदर्शनी सफलताका साथ सम्पन्न भएकोमा आयोजकले सहभागी तथा सहयोगी सबैमा धन्यवाद ज्ञापन पनि गरेको छ ।
Categorized in राष्ट्रिय