relans
ni new 83
nib 2082 5

दशैँ विसर्जन

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २६, आइतबार

नवमीको दिन राति महिषासुर दैत्यको प्रतीकको रूपमा खःमेथ राँगोलाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको छ । खःमेयको बध गरी ब्रम्हायणीलगायतका देवी देवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा माटोको घ्याम्पो मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै देवगणलाई चढाएपछि दशैँ विसर्जन भएको हो । त्यसैगरी दशैँको घटस्थापनाको दिन घरघरमा राखेको जमरा आज खोला तथा नदीमा लगि सेलाएर दशैँ विसर्जन गरिएको छ । दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको नवदुर्गा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
Categorized in राष्ट्रिय
ppp 2