STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दर्ताबिनाका फेसबुक, युट्युब रोक्न निर्देशिका ल्याइने

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २७, मंगलबार

काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दर्ता बिना चलेका फेसबुक, युट्युब अनलाइनलाई राेक्न निर्देशिका जारी गरिने बताएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता बिना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित व्यक्ति केन्द्रीत, अदालत र राष्ट्रपति संस्थामाथि अभिब्यक्ति दिइने गरेको र समाजिक सञ्चाल र अनलाईनले प्रशारण गरेको भन्दै मन्त्री गुरुङले यसले लोकतान्त्रिक शासन पद्धतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेड तर्फ धकेल्ने खालको अभिव्यक्ति आएकाे बताएका थिए ।

Categorized in विज्ञान-प्रविधि