STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

दक्षिण कोरियामा नेवाः शर्टफिल्मले जित्यो पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक १५, बिहिबार

नेपालभाषाको म्युजिक भिडियो क्षेत्रमा स्थापित निर्देशक बिश्वास बज्राचार्यको परिकल्पना र निर्देशनमा तयार भएको  नेपालभाषाको शर्टफिल्म " नखत्या ” दक्षिण कोरियामा सम्पन्न भएको सिउल इन्टरनेशनल किड्स एन् युथ फिल्म फेस्टिभलमा पुरस्कार जित्न सफल भएको छ । यो शर्टफिल्मको निर्माण संग सम्बद्ध सुत्रले जानकारी दिए अनुसार यो  शर्टफिल्मंले सिउलमा   सिल्भर लाइट प्राइज जितेको हो । 

यो शर्टफिल्म तयार गर्न अाफ्नो  टिमले मिहेनत गरेको क्षणलाई सम्झंदै   निर्देशक र परिकल्पनाकार बिश्वास बज्राचार्यले यो जित अाफ्नो टिमको जित मात्र नभई सम्पुर्ण नेपालको फिल्म उद्योग को सफलता हो भनि भने  । 

यो नखत्या शर्टफिल्म ज्योति म्युजिक को अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।  यो शर्टफिल्म मा रवि डंगोल,अर्णेश्वरी शिल्पकार,विशम राज शाक्य , इभेन्जिला तुलाधर,निकि बज्राचार्य, सरिता शिल्पकार,रबिना तुलाधर, सिताराम माक लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसको छायाँकार अाकृष्ट शाक्य र सम्पादक बिजनराज बज्राचार्य हुन् ।

Categorized in सिनेमा