relans
ni new 83
nib 2082 5

थप ४६३ जनामा संक्रमण, कुल संक्रमितको संख्या १२ हजार ७७२ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १४, आइतबार

काठमाडौं : आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१ र आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख १५ हजार आठ सय ३९ र आरडीटी विधिबाट दुई लाख ९६ हजार सात सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।
Categorized in राष्ट्रिय
ppp 2