STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार

काठमाडाैं - नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २८८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताएका छन् ।
प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो। डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा १८ सय २५ जना संक्रमित रहेका छन् । आजसम्म २ सय ६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ जना रहेको छ ।
Categorized in राष्ट्रिय