STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाकाे मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १०, बुधबार

काठमाडाैं – पछिल्लाे २४ घण्टामा १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै हालसम्म १ हजार ३ सय ८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज मात्र ३ हजार १ सय ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या भने १६ हजार ६ सय ३९ पुगेको छ ।

Categorized in राष्ट्रिय