STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि, थप १२ जनाकाे मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

काठमाडाैं – पछिल्लो २४ घण्टामा ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन्। यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ। पछिल्लो २४ घण्टामा ११ सय १२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।
Categorized in राष्ट्रिय