थप १६७ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार
काठमाडौं - बिहीबार नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ३ सय ४४ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमणका कारण देशभर ३९ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको गौतमले जानकारी दिए ।
Categorized in राष्ट्रिय