STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

त्रिवि उपकुलपतिको लागि १४ जनाको नामवली सर्टलिस्ट

Janjati Khabar – Janjati Khabar | २०८० माघ २६, शुक्रबार

काठमाडौँ- छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको हो । 

३५ अंक छुट्याइएको विद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनाको शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको समितिले विज्ञहरूबाट मूल्यांकन गराएको थियो । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना आवेदकहरूले दरखास्तसँगै बुझाएका थिए ।

त्यसबाहेक प्राज्ञिक अनुसन्धानमूलक परियोजनाबापत ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । कुल १ सयमध्ये ६५ पूर्णाङ्कमा उच्च अंक प्राप्त गर्ने उम्मेदवारको नाम मेरिटका आधारमा सार्वजनिक गरिएको समितिले जनाएको छ ।

आधारमा हुने गरेको नियुक्तिसमेत रोक्नुपर्ने उनीहरूको सुझाव छ ।

कुनै पनि राजनीतिक दलको सदस्य भएका र त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई भने दरखास्त दिनबाट वञ्चित गरिएको थियो । कार्यविधिमा न्यूनतम शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । सिफारिस समितिले सुरुमा पूर्वपदाधिकारीले मात्र आवेदन दिन पाउने गरी दरखास्तको सूचना गरेपछि आलोचना भएको थियो । प्रधानमन्त्री दाहालले प्रतिस्पर्धा गर्न पाउने दायरा फराकिलो बनाएर आवेदन माग गर्न समितिलाई निर्देशन दिएका थिए । पहिलो सूचना रद्द गरेर पुनः दरखास्त माग गरिएको थियो । सिफारिस समितिमा शिक्षामन्त्री राई अध्यक्ष, शिक्षा सचिव अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् । कात्तिक १७ देखि त्रिविमा उपकुलपति पद रिक्त छ । १९ औं उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष भुसाललाई बढीमा ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा पुनः ३ महिनाका लागि जिम्मेवारी थपिएको छ ।

त्रिविमा शिक्षाध्यक्ष (रेक्टर) र रजिस्ट्रारको पद पनि रिक्त छ । उपकुलपति नियुक्त भएपछि मात्रै शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाउन सकिने प्रावधान छ । शिक्षाविद्हरूले प्रतिस्पर्धाबाट चयन हुने उपकुलपतिलाई रेक्टर र रजिस्ट्रार नियुक्तिमा स्वतन्त्रता दिनुपर्ने औंल्याएका छन् । डिन, विभाग, क्याम्पससम्म राजनीतिक भागबन्डाका आधारमा हुने गरेको नियुक्तिसमेत रोक्नुपर्ने उनीहरूको सुझाव छ ।

'सर्टलिस्टमा' को–को ?

कुसुम शाक्य

केशरजंग बराल

गोविन्द सुवेदी

चित्रबहादुर बुढाथोकी

ज्ञानेन्द्रप्रसाद पौड्याल

टंकनाथ धमला

तीर्थराज खनिया

नारायणप्रसाद बेलबासे

प्रकाश घिमिरे

भोजराज अर्याल

महेन्द्रप्रसाद शर्मा

रामचन्द्र बस्नेत

शिवलाल भुसाल

सूर्यबहादुर थापा

 

Categorized in शिक्षा