STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिविविले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १४, मंगलबार

मंगलबार, मंसिर १४ - त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । मंगलबार बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो । 

मंगलबार बसेको यो सभा त्रिविको ‘बजेटसभा’ हो । बजेटसभामा बजेटबाहेकका कुरा नजानुपर्नेमा करार शिक्षकलाई स्थायी बनाउने प्रस्ताव पास गरिएको छ । 

त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीका अनुसार करारमा कार्यरत शिक्षकलाई स्थायी बनाउन त्रिवि सेवा आयोगले विशेष व्यवस्था गर्ने प्रस्ताव आजको सभाले पास गरेको हो । जसका लागि सेवा आयोगले विशेष विज्ञापन खुलाएर आन्तरिक प्रतिस्पर्धा गराउने उनले बताए । 

साथै, आंशिक र करारमा कार्यरत शिक्षकहरूलाई सेवा आयोगमा लड्नका लागि उमेरहद लागू नहुने व्यवस्था आजको त्रिविसभाले गरेको छ ।

‘उमेरहदको कुरा त पहिल्यै पास भइसकेको थियो, समर्थनका लागि मात्र सभामा लगिएको हो’, अधिकारीले भने, ‘पहिलाचाहिँ ४० वर्ष उमेर नाघेपछि सेवा आयोगमा लड्न नपाउने कुरा थियो । अब एक वर्षदेखि त्रिविमा पढाएर आएका छन् भने उमेरको हद लाग्दैन । जति उमेर पुगे पनि लड्न खुला भयो ।’

Categorized in शिक्षा