STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिमूर्ति निकेतनमा १३९ औं लेखनाथ जयन्ती सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष १६, शनिबार

त्रिमूर्ति निकेतनद्वारा आयोजित एक समारोहको बीच कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्ती मनाएको छ । सोही उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा शुक्रबार निकेतनका  अध्यक्ष इन्दिरा प्रसाईले माल्यार्पण गर्नुभयो । सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो । 

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले  मन्तव्य राख्ने क्रममा त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हो भन्नुभयो ।

कार्यक्रममा गीता निरौला भण्डारी, यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेतले कविता वाचन गर्नुभएको थियो ।

Categorized in साहित्य-कला