STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिदेशीय फुटबलको उपाधि जितेको नेपाली टिमलाई जनही एक लाख

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १७, मंगलबार

काठमाडौँ - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ ।

मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने जनाएको हो ।

सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको नेपालले पुरस्कार स्वरुप पाँच हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ ।

Categorized in खेलकुद