STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालकाे २०० रन पूरा

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ११, शनिबार

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले २०० रन पूरा गरेको छ ।

उपाधिका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको नेपालले १७ ‌ओभरमा ३ विकेट गुमाएर २०० रन पूरा गरेको हो ।

नेपालले तेस्रो विकेटका रूपमा कुशल भुर्तेललाई गुमायो । उनी आज ५३ बलमा तीन छक्का र ८ चौका प्रहार गर्दै ७७ रन बताए ।

यसअघि १९ बल खेलेर ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भए । उनलाई फिलिपेको बलमा पिटर सेलरले क्याच आउट गराए ।

‍त्यस्तै, ओपनरमा आएका आसिफ शेख १६ रन बनाएर आउट भए । उनले ८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे ।

Categorized in खेलकुद