STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीन दिनमै फेरियो प्रधानमन्त्रीको बोली: जनताले १ वर्षभित्र खाेप पाउने

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १७, शनिबार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । चितवनमा शनिबार आयोजित आमसभामा उनले कोभिड- १९को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् ।

उनले भने, ‘७७ वटै जिल्लामा खोप अभियान लगातार अगाडि बढेको छ । हिजो बेलुकासम्मा ४८ हजार भन्दा बढीले खोप लगाइसकेका छन् । यो क्रम अगाडि बढिरहेको छ र मैले भनेको छु एकदमै ‘फोर प्रन्ट’मा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं । बाँकी जनतालाई क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड- १९ लाई हामी नेपालबाट भगाउँछौं । बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’

माघ १४ गते भने प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसक्ने बताएका थिए । बुधबार बालुवाटारमा खोप अभियानको सुरुवात गर्दै उनले वैशाखसम्म सबै नागरिकले खोप पाइसक्ने घोषणा गरेका थिए ।

भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’

Categorized in राजनीति