STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३०, बिहिबार

काठमाडौं- तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको आरोपमा प्रहरीले १६५ जनालाई काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ३४ लाख ६२ हजार ८ सय ८५ रुपैयाँ बरामद गरेको छ । 

यही कात्तिक ११ गतेदेखि बिहीबार बिहानसम्म काठमाडौंका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, २० हजारको एक थान चेकसमेत बरामद गरेको छ ।

सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौं उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट ८ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मृत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो । 

सोही अवधिमा भएका सडक दुर्घटनामा ७ जनाको मृत्यु र ३ सय ३० जना घाइते भए । करिब एक करोड रुपैयाँ बराबरको धनमाल चोरी भएको र शङ्कास्पद ७ जनालाई पक्राउ गरिएको छ ।

Categorized in अपराध-दुर्घटना