STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तामझामका साथ बालुवाटारबाट बालकोट फर्किए ओली

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३०, बुधबार

निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्किएका छन् ।

सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् ।

ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरिरहेका छन् । कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका छन् भने 'आई लभ यू केपी बा',  'केपी ओली जिन्दावाद' लगायतका नारा लगाएका छन् । लाउड स्पिकरमा राष्ट्रिय गीत बजाइएको छ भने समर्थकको जयजयकारका साथै हामी छिट्टै फर्कन्छौँ जस्ता नारा लगाइएका छन् ।

यस्तो भव्य बिदाइ देख्दा कतिपयलाई लाग्न सक्छ, वाह ! बिदाइ होस् त यस्तो । बिर्सन नहुने पक्ष के हो भने पूरा कार्यकालअगावै ओलीको बिदाइ हुनु उनका समर्थकले देखाउन खोजेको जस्तो महान् कामले नभई अलोकतान्त्रिक र संविधानविरोधी कदमले निम्त्याएको परिणाम हो ।

ओलीले आफ्नो सत्तारोहणलाई जति विशेष बनाए, बहिर्गमनलाई त्योभन्दा विशेष बनाएका छन् । बालुवाटारदेखि बालकोटसम्मको ओलीको यात्रा उत्सवमय छ । ओलीले बिदाइलाई पनि विशेष बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास छाडेर गृहप्रवेश गर्दाको ओलीको यो स्वभावको चर्चा पछि-पछिसम्म पनि हुनेछ ।

Categorized in राजनीति