STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

Janjati Khabar – एजेन्सी | २०७८ आश्विन १७, आइतबार

भारतको मुम्बईमा नार्कोटिक कन्ट्रोल ब्यूरो–एनसीबी (लागुऔषध नियन्त्रण ब्यूरो)ले शनिबार राति एक क्रुज शिपमा छापा मारेको छ । 

उक्त शिपमा ड्रग्स पार्टी चलिरहेका बेला एनसीबीले छापा मारेको हो । 

त्यसक्रममा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा दुई जना युवती पनि छन् । 

स्थानीय मीडियाका अनुसार हिरासतमा लिइएका मध्ये एक बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि छन् । 

एनसीबीका अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

Categorized in अन्तर्राष्ट्रिय