STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डेब्यू सिजनमै चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २३, मंगलबार

काठमाडौं - नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।  यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको  कीर्तिमानसँग बराबरी गरेको छ ।

मनाङले २०४२ सालमा ‘बी’ लिग र ०४३ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो  । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको हो ।

यस्तै बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहदै उपाधिमा कब्जा जमाएको छ । नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेका हुन् ।

खेलाडीको रुपमा महर्जनले थ्री स्टारबाट एक पटक लिगको उपाधि जितेका थिए । चर्च ब्वाइजको यो १३ औं जित हो । चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ ।

थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Categorized in खेलकुद