STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

डि सिने अवार्डको सोह्रौं संस्करणको मनोनयन सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख २७, शनिबार

नेपालमा डिजिटल सिनेमा बन्न थालेको आरम्भिक वर्षदेखि  नै छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपाली फिल्म अवार्ड प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक भएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमित भइइरहे पनि कोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिच प्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामा अब ०८२ को हुँदै हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनि आगामी दशैं र तिहारको बिचमा गरी नियमीयता दिलाईने छायाँछवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

खासगरी सिनेमा र सिनेमा सर्जकहरु प्रोत्साहित होउन् राम्रा भन्दा राम्रा सिनेमा बनुन् अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टता तिर ध्यान दिउन् भनेर प्रिज्मा डि सिने अवार्ड आयोजना गर्ने गरिन्छ । प्रविधिका हिसाबमा डिजीटल माध्यमको आधारभुत तयारी गरी आयोजना गरिन थालिएको यस किसीमको अवार्ड विश्वमै यो पहिलो मानिन्छ ।

विगतमा पन्ध्र पटक भइसकेको यो अवार्डको यसपालि हुने१६ औ संस्करणको पुरस्कार प्रतिस्पर्धामा उत्कृष्ट मनोनयनमा परेका प्रतिस्पर्धीहरुको २१ विधामा नाम सार्वजनिक गरिएको छ । वि सं २०८० भित्र ५० को हाराहारी संख्यामा सिनेमाहरु रिलिज भएको र त्यसैलाई पछ्याएर अवार्ड गरिएको बताइएको छ ।

२१ विधामा प्रतिस्पर्धामा र त्यसपछि इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पब्लिक च्वाइस अवार्ड आवश्यक देखिएमा मात्र प्रदान गरिने बताइएको छ । छायाँछवि क्रियशन एवं अवार्ड अध्यक्ष

शान्तिप्रियले यसपालिको अवार्ड समारोह कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिने बताए । १६ औं संस्करणको प्रिज्मा डि सिने अवार्ड मनोनयन यस प्रकार रहेको छ ।उत्कृष्ट चलचित्र

१. प्रसाद–२ : सुवास थापा प्रोडक्सन

२. दिमाग खराब : सिनेमा आर्ट प्रा. लि.

३. नाङगो गाउँ : क्लक वर्क क्रियशन

४. जारी : बाँसुरी फिल्मस्

५. बुलाकी : छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.

उत्कृष्ट निर्देशक

१. निश्चल बस्नेत : दिमाग खराब

२. दीपेन्द्र लामा : नाङगो गाउँ

३. स७३घढसदर्शन थापा : प्रसाद–२

३. सौरभ चौधरी : अगत्स्य

४. मिलन चाम्स : गोर्खा वारियर

उत्कृष्ट अभिनेता

१. दयाहाङ राई : जारी

२. सौगात मल्ल : अगत्स्य

३. विपीन कार्की : प्रसाद–२

४. खगेन्द्र लामीछाने : दिमाग खराब

५. विपीन कार्की : एक भगवत् एक गीता

उत्कृष्ट अभिनेत्री

१. स्वस्तिमा खड्का : दिमाग खराब

२. मिरुना मगर : जारी

३. केकी अधिकारी : प्रसाद–२

४. सुरक्षा पन्त : बुलाकी

५. सुहाना थापा : एक भागवत् एक गीता

उत्कृष्ट सह–अभिनेता

१. नाजीर हुसेन : अगत्स्य

२. विजय बराल : जारी–२

३. माओत्से गुरुङ : डिग्री माइला

४. अर्पण थापा : दिमाग खराब

५. विजय लामा : अन्तिम् संस्कार

उत्कृष्ट सह–अभिनेत्री

१. करिश्मा मानन्धर : बगान

२. कविता आले : गोर्खा वारियर

३. बेनीशा हमाल : उपहार

४. पुजा शर्मा : उपहार

५. सुर्यमाला शर्मा : गणपति

उत्कृष्ट खलपात्र

१. अर्पण थापा : प्रसाद–२

२. कोशिष क्षेत्री : ऐंचौ पैंचो

३. प्रमोद अग्रहरी : अगत्स्य

४. मुरली धर : काँडेतार

५. शिशिर वाङदेल : नाङगो गाउँ

उत्कृष्ट नव निर्देशक

१. लक्ष्मण सुनार : बुलाकी

२. उपेन्द्र सुब्बा : जारी

३. कृषा चौलागाई : ऐंचौ पैंचो

४. सरोज खनाल : बगान

५. माओत्से गुरुङ : दयारानी

उत्कृष्ट नव अभिनेता

१. आशीर्वाद क्षेत्री : नाई नभन्नु ल–६

२. रितेश चाम्स : गोर्खा वारियर

३. विराज विष्ट : बुलाकी

४. प्रकाश सपुत : परदेशी–२

५. समर्पण जंग कार्की : उपहार

उत्कृष्ट नव अभिनेत्री

१. प्रमीला कार्की : बगान

२. स्वस्तिमा कार्की : टुल्की

३. शान्ति वाइबा : नीरफुल

४. परिक्षा लिम्बु : जारी

५. नयन गुरुङ : दयारानी

उत्कृष्ट छायांकार

१. शिव ढकाल : बुलाकी

२. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो

३. बाबु श्रेष्ठ : अन्तिम संस्कार

४. सुसन प्रजापति : दिमाग खराब

५. राजेश श्रेष्ठ : प्रसाद–२

उत्कृष्ट सम्पादक

१. अर्जुन जिसी/लक्ष्मण सुनार : बुलाकी

२. विपीन मल्ल/भुपेन्द्र अधिकारी : ऐंचो पैंचो

३. निमेश श्रेष्ठ : दिमाग खराब

४. मिलन श्रेष्ठ : प्रसाद–२

५. बन्दे प्रसाद/तारा थापा किम्भे : काँडेतार

उत्कृष्ट लेखन

१. उपेन्द्र सुब्बा : जारी

२. आकाश बराल : दिमाग खराब

३. सुशील पौडेल : प्रसाद–२

४. रामबाबु गुरुङ : डिग्री माइला

५. राज बहादुर साने : बुलाकी

उत्कृष्ट द्धन्द निर्देशक

१. श्री श्रेष्ठ : काँडेतार

२. हिमाल के.सी : गोर्खा वारियर

३. श्री श्रेष्ठ : अगत्स्य

४. हिमाल के.सी : एक भगवत एक गीता

५. राज कुमार उप्रेती : दिमाग खराबउत्कृष्ट नृत्य निर्देशक

उत्कृष्ट नृत्य निर्देशक

१. कविराज गहतराज : वा वा वा – उपहार

२. कविराज गहतराज : काले केटाले – ऐंचो पैंचो

३. रामजी लामीछाने : सुन सुन सुन्दरी – नाङगो गाउँ

४. कविराज गहतराज : झीझीया – एक भागवत् एक गीता

५. विक्रम स्वाँर : मार्सी धान – प्रसाद–२

उत्कृष्ट संगीत

१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छु – उपहार

२. सुशान्त गौतम: सुन सुन सुन्दरी – नाङगो गाउँ

३. राजन राज शिवाकोटी : चिरी च्याट्टै – दयारानी

४. आशिष अविरल : काले केटाले –ऐंचो पैंचो

५. मनोज थापा मगर : रीत – जारी

उत्कृष्ट पाश्र्व गायक

१. बाबुल गिरी: वा वा वा – उपहार

२. करण परियार : रातले कुसर्या चन्द्रमा – बुलाकी

३. प्रताप दास : तिम्रो आँखामा – नाई नभन्नु –६

४. एस डि योगी : सुन सुन सुन्दरी – नाङगो गाउँ

५. राजेश पायल राई : जीन्दगीको डुंगा – नीरफुल

उत्कृष्ट पाश्र्व गायिका

१. अनु चौधरी : रातले कुर्या चन्द्रमा – बुलाकी

२. बानीका प्रधान : उडी छुन छ आकाश – बगान

३. अन्जु पन्त : कहिले बार बिर्सिन्छु – उपहार

४. बेनीशा पौडेल : दिउला माया – नाई नभन्नु ल – ६

५. दुर्गा खरेल : तिमी बदनामी – नीरफुल

उत्कृष्ट गीतकार

१. सुरेश वाग्ले : उडी छुनु छ – बगान

२. हर्क साउद : रीत – जारी

३. फुलमान बल : जिन्दगीको डुंगा – नीरफुल

४. इन्दिरा अधिकारी : कहिले बार बिर्सिन्छु – उपहार

५. शुष्मा सिग्देल : सुन

 

Rakesh thuli twofit khani

Tayaa byu nhey

 

उत्कृष्ट पाश्र्व संगीत

१. शाश्वत श्रैष्ठ : उपहार

२. किरण तुलाधर : बुलाकी

३. एलीस कार्की : गोर्खा वारियर

४. भास्कर स्वार/सौरभ शर्मा : अगत्स्य

५. सैलेश श्रेष्ठ : एक भागवत् एक गीता

उत्कृष्ट ध्वनी मिश्रण

१. मुकेश शाह : बुलाकी

२. उत्तम न्यौपाने : एक भागवत् एक गीता

३. मुकेश शाह : काँडेतार

४. सुधीर कुमार दास : गोर्खा वारियर

 

५. सञ्जय श्रेष्ठ : उपहार

Categorized in सिनेमा