STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डि सिने अवार्डको एकै वर्ष तीन संस्करण

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ १८, सोमबार

छाँयाछवि क्रियशनद्वारा वर्षेनी आयोजना गर्दै आइरहेको चलचित्र पुरस्कारको कार्यक्रम डि सिने अवार्डको १३ अौं र १४ अौं संयुक्त रुपमा सोमबार सम्पन्न भएको छ भने १५ अौं संस्करण पनि यसै वर्षको कार्तिक तिर हुने कुरा अायोजक समितिका अध्यक्ष शान्तिप्रियले बताउनु भएको छ । 

सोमबार राजधानीको रसियन हाउसमा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा अध्यक्ष शान्तिप्रियले बताउनु भए अनुसार विश्वभर फैलिएको कोभिड महामारीको कारण चलचित्र जगत थप्प भएको थियो । सोही कारणले गर्दा अवार्ड कार्यक्रम हुन नसकेको र अहिले आएर बल्ल गर्न सकेको कुरा उल्लेख गर्नु भयो ।

सो अवार्ड समारोहमा २०७७ सालमा प्रदर्शित चलचित्रहरु मध्ये "श्री ” चलचित्रबाट निर्देेशक एभरेष्ट सुर्य बोहोरा , " हिरो रिटर्न्स ” बाट अभिनेता सबिन श्रेष्ठ र " लक्ष्मी पुजा ” बाट अभिनेत्री जानवी बस्नेत लाई अवार्ड प्रदान गरिएको छ । 

कोरोनाको कारण चलचित्र कम संख्यामा मात्र प्रदर्शन भएको ले प्रतिस्पर्धात्मक भन्दा पनि प्रोत्साहन स्वरुप प्रदान गरिएको बताइएको अवार्ड कार्यक्रममा २०७७ साल कै लागि नृत्य निर्देशन तर्फ " गुड फ्रेण्ड ” बाट अजय स्याङ्तान लाई अवार्ड प्रदान गरिएको छ ।

यस्तैगरी २०७८ सालको अवार्ड तर्फ चलचित्र " म यस्तो गीत गाउँछु २ बाट अर्जुन पोखरेलले सर्वोत्कृष्ट सगीतकार ,  बनिश शाह र मिलन श्रेष्ठले सर्वोत्कृष्ट सम्पादक , पुजा शर्माले सर्वोत्कृष्ट अभिनेत्री , पल शाहले सर्वोत्कृष्ट अभिनेता , सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको  अवार्ड लगायत सर्वोत्कृष्ट चलचित्रको समेत अवार्ड हात पार्न सफल भएको थियो । 

यस्तैगरी पुरुषोत्तम प्रधानले " लप्पन छप्पन २ ” बाट सर्वोत्कृष्ट छायाँकार , डिन्स पाल्पालिले " चिसो एष्ट्रे ” बाट  सर्वोत्कृष्ट लेखक,  " हेलो जिन्दगी ” बाट सर्वोत्कृष्ट द्वण्द निर्देशक र रामजी लामिछानेले " आकाशे खेती ” बाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड जित्न सफल भएको थियो ।

विशिष्ट कलाकर्मि मोहन निरौला , संगीतकार सन्तोष श्रेष्ठ , निर्दशक राजेन्द्र उप्रेती र अभिनेत्री शोभिता सिंखडा निर्णायक रहेको निर्णायक मण्डलले अवार्ड निर्णय गरेको यस अवार्ड समारोहमा " हेलो जिन्दगी ” बाट एभरेष्ट सुर्य बोहोरा , गायिका प्रविशा अधिकारी र राजन राज सिवाकोटी लाई जुरी अवार्ड प्रदान गरिएको थियो ।

यस्तैगरी कुबेर गिरीलाई नगद राशी १४, ४१४ सहित छायाँछवि पत्रकारिता पुरस्कार प्रदान गरिएको यस समारोहमा अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री तथा निर्देेशक दीपाश्री निरौलालाई चलचित्रकर्मि रजत सम्मानबाट सम्मानित गरिएको छ ।

Categorized in सिनेमा