STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डिजिटल प्लेटफर्म मार्फत चलचित्र पत्रकार संघको वार्षिकोत्सव सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ७, बुधबार

चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा जुम एप मार्फत ईन्टरनेटको माध्यमबाट सम्पन्न गरिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापि रुपमा फैलेर कोभिड१९ को महामारी रोगबाट सुरक्षित रहनका लागि जारी गरिएको लकडाउनको आदेशको पालना गर्दै संघले ईन्टरनेटको माध्यमबाट डिजिटल प्लेटफर्म मार्फत आफ्नो वार्षिकोत्सव एवं पत्रकारिता दिवस यसरी मनाउनु परेको कुरा संघका महासचिव समीर बलामीले बताएका छन् । करिब ७०—७५ जना चलचित्र पत्रकारहरुले सहभागिता जनाएको सो वार्षिकोत्सव एवं राष्ट्रिय चलचित्र पत्रकारिता कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखी,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा लगायत संघका संस्थापक अध्यक्ष अमेरिकामा रहनु भएका भरत शाक्य,निर्वतमान अध्यक्ष सन्दिप सापकोटा,पूर्व अध्यक्षहरु विदुर गिरी र शान्तिप्रिय , संघका सल्लाहकारहरु विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए भने संघका तीन जना उपाध्यक्षहरु कुबेर डंगोल,जीवन पराजुली र दिपज्योति थापा, सचिव द्वय् रघुनाथ सापकोटार विशाल राई हसिन, कोषाध्यक्ष प्रदिप कार्कीले संघको गतिविधीमाथि प्रकाश पारेका थिए । वार्षिकोत्सवमा वक्ताहरुले चलचित्र जगतको उत्थानमा चलचित्र पत्रकारिताको भुमिका बारे प्रकाश पारेका थिए भने छाता संगठनको रुपमा चलचित्र पत्रकार संघको स्थापना भएको दिन २०५६ साल जेठ ७ गतेलाई स्मरण गर्दै वार्षिकोत्सव र चलचित्र पत्रकारिता दिवस मनाउँदै आईरहेको कुरा अगाडि राख्दै संघले वर्षेनी प्रदान गर्दै आइरहेका चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार बारे पनि चर्चा गरेका थिए । अहिले लकडाउनको विषम परिस्थिति सिर्जना भएकोले यो वर्ष प्रदान गर्नु पर्ने सम्मान हाल घोषणा नगरिएको र परिस्थिति अनुकुल भएपछी सो सम्मान र पुरस्कार प्रदान गरिने कुरा संघका अध्यक्ष दिनेश सिटौलाले बताए भने महासचिव समीर बलामिले लकडाउनको विषम परिस्थितिको कारण जीवन यापन गर्न कठिनाइ भोगिरहेका संघका सदस्यहरुकालागि प्रथम चरणको राहत उपलब्ध गराएको कुरा उल्लेख गर्दै महासचिव बलामिले अब दोश्रो चरणको राहतमा दैनिक उपभोग्य सामग्रीहरुका साथमा संक्रमणबाट जोगिनकालागि प्रयोग गरिने स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने योजना रहेको कुरा सुनाए । ईन्टरनेटको माध्यमबाट सम्पन्न संघको वार्षिकोत्सव एवं चलचित्र पत्रकारिता दिवसको कार्यक्रममा संघका विभिन्न जिल्लामा रहेका शाखाका अध्यक्षहरु हेटौंडा शाखाका अध्यक्ष मणिराज गौतम, चितवनका अध्यक्ष रवि अधिकारी,दाङ्गका अध्यक्ष शिव पुन,कास्कीका अध्यक्ष अरुण गिरी,रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ र पोखराका महाधिवेशन प्रतिनिधी सुसन घिमिरे ले समेत मन्तव्य राखेका थिए ।
Categorized in सिनेमा