STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डा. महेशमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १६, आइतबार

काठमाडौं – नेवार अगुवा एवं नेवार आन्दोलनका अग्रज डा. महेशमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघिदेखि श्रेष्ठमा ज्वर देखिएपछि उहाँको स्वाब परीक्षणको लागि पठाइएको थियो । सो परीक्षणमा उनको कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो ।

श्रेष्ठका छोरा डा. मनोजमान श्रेष्ठले दिनुभएको जानकारीअनुसार अहिले श्रेष्ठ घरमै आइसोलेसनमा हुनुहुन्छ । अब केही दिन उहाँ घरमै आराम गर्नुहुने जानकारी डा. मनोजमान श्रेष्ठले दिएका छन् ।

 

Categorized in व्यक्तित्व