डा. केसीको अनसन स्थगित
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १२, बुधबार
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमकाविरुद्ध डा. केसीले आजदेखि अनसन बस्ने घोषणा गरेका थिए ।\
तर, सर्वोच्चले प्रतिनिधिसभा विघटनकाे सरकारी निर्णय सदर गरेसँगै डा. केसीले अनसन स्थगित गरेका हुन् ।
‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज पारिदिएकाले आजदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौँ । तर, विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान तथा नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान जारी रहने कुरा जानकारी गराउँछौं’, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि भएका सम्झौता कार्यान्वयन गर्न पनि डा. केसीले माग गरेका छन् ।
Categorized in राजनीति

