STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डाक्टर सुन्दरी श्रेष्ठ माेडल हन्टकाे फिनालेमा

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २५, बुधबार

काठमाडौं - २८ वर्षकी डाक्टर पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

डाक्टर श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । सुन्दरी प्रतियोगितामा भाग लिएदेखि आफूले धेरै नकारात्मक टिकाटिप्पणी पनि पाउने गरेको डाक्टर पल्पसाले बताइन् ।

आफ्नो छोराछोरी डाक्टर इन्जिनियर भएको हेर्न चाहने  तर मोडल भएको नस्वीकार्ने समाजकाे दृष्टिकोण फेर्न  प्रतियाेगितामा भाग लिएको उनले बताइन् ।

बेइजिङ युनिभर्सिटीबाट एमबीबीएस गरेकी उनकाे डाक्टर बन्ने सपना त पहिलेदेखि नै थियो । आफ्नाे बलियो इच्छाशक्तिले यहाँसम्म डोर्याइरहेको र डाक्टर, इन्जिनियर, पाइलट मात्रै नभई, सबै क्षेत्र राम्रो छ भनेर सन्देश दिन खोजेको उनी बताउँछिन् ।

Categorized in साहित्य-कला