STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्रम्पकाे हठले निम्त्याएकाे अमेरिकाकाे एक लज्जित दिन

Janjati Khabar – एजेन्सी | २०७७ पौष २४, शुक्रबार

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न बुधबार अमेरिकाको वासिङ्टनस्थित दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठक बसिरहेको थियो ।

वैठकको एजेण्डा थियो, अमेरिकाको ४६ औं राष्ट्रपतिमा को निर्वाचित भयो भन्ने औपचारिक घोषणा गर्ने । चुनावमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति ट्रम्पले भन्दा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले बढी मत ल्याएका थिए । इलेक्टोरल कलेजमा बहुमत राष्ट्रपति बन्ने व्यवस्था अनुसार जो बाइडेनले बहुमत इलेक्टोरल मत ल्याएको बारे औपचारिक प्रमाणिकरण हुँदै गर्दा अचानक संसद भवनमा हिंसा मच्चियो । 

वैठक चलिरहेको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उत्साहित सयौँ समर्थकहरूले संसद भवन क्यापिटलमा प्रवेश गरी हंगामा मच्चाए । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत छन् । ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए । इँटा, बोतल र बन्दुक लिएर गएका उनीहरूले तोडफोड गरे र हिंसा मच्चाए । संसद भवनभित्र पसेका उनीहरूले पेन्स र सभामुख न्यान्सी पेलोसीको कुर्सीमा बसेर ट्रम्पले चुनाव जितेको घोषणा समेत गर्न भ्याए । यो अमेरिकी राष्ट्रपतीय चुनावी इतिहासमा नै लज्जित हुने विषयका रुपमा दर्ज भएको छ । 

हिंसामा परी चार जनाको मृत्यु भएको छ । अहिलेसम्म सुरक्षाकर्मीले ३ दर्जन बढीलाई पक्राउ गरेका छन् । वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ । जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । त्यसको एक दिन पछिसम्म संकटकाल लगाइएको हो । प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि मात्र राष्ट्रपति ट्रम्पले भिडियो जारी गरेर समर्थकहरूलाई घर जान भनेका थिए । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई उक्साएको आरोप लागेको छ । फेसबुकले पनि आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइदिएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडियो सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए ।

जो बाइडेनले प्रदर्शनकारीहरुको क्रियाकलापलाई राजनीतिक नभइ हिंसात्मक भनी टिप्पणी गरेका छन् । हुन पनि अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्मा बैठक पुनः सुरु भएको छ । सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले धाँधलीको आधार भने प्रस्तुत गर्न सकेका छैनन् । यहाँसम्म कि अदालतसमेत उनको विपक्षमा रहेको छ । निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्न नसकेर संसद रमाथि नै आक्रमण गर्न नैतिक समर्थन जनाएका ट्रम्पको चर्को विरोध भइरहेको छ । जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथ लिनुअघि नै महअभियोग लगाउने, मन्त्रिपरिषदले राष्ट्रपतिलाई पदमुक्त गर्ने जस्ता विकल्पहरुको बारेमा पनि चर्चा चलिरहेको छ । लामो समय प्रजातान्त्रिक संसदीय अभ्यास गरेको अमेरिकामा पनि निर्वाचनको परिणामलाई सहजै स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ । 

Categorized in अन्तर्राष्ट्रिय