STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्रकको ठक्करबाट एकको मृत्यु, तीन घाइते

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २८, मंगलबार

काठमाडौं - झापाको भद्रपुरमा साेमकार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड–२ का २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय बुद्धलाल राजवंशीसमेत घाइते भएका थिए । घाइते बालिकासहित तीनै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पाँचथर हिलिहाङ–६ का २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना