STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १७, बिहिबार

काठमाडौं - यस वर्ष हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटि एनओसीका अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुंगोे लागेको हो । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्रब पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सुटिङकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्ड मार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले २९ तारिकसम्म आउने निमन्त्रणाको समय पुरा भएकाले थप वाइल्ड कार्ड अब प्राप्त नहुने बताएका छन् ।

आईओसीले ५ खेलाडीले ओलम्पिकमा प्रतिनिधित्व गर्ने भएकाले जुन ३० बाट अन्य खेलाडीको छात्रवृत्ति रोकिएको छ भनेर पत्र पठाएको छ । यसबाट समेत आसन्न ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने तय भएको हो ।

ओलम्पिक तयारीका लागि आईओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिएको थियो । सोही अन्तर्गत प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न खेलाडीले मासिक ५ सय डलर छात्रवृत्ति प्राप्त गर्दै आएका थिए ।

नेपाल एथ्लेटिक्स संघले खेलाडीको नाम सिफारिस नगरेका कारण गोपीचन्द्र पार्कीले यस छात्रवृत्ति प्राप्त गर्न सकेनन् । उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् । ओलम्पिकमा ५ खेलाडीले प्रतिनिधित्व गर्ने भएपछि बाँकी खेलाडीले प्राप्त गर्दै आएको छात्रवृत्ति बुधबारबाट रोकिएको छ ।

सुटिङ्ग र जुडोमा धेरै कोटा निर्धारण गरेका कारण नेपालबाट समेत दुई खेलाडी सहभागी हुने पक्का भएको छ । विश्व खेलकुदको महाकुभ्भ मेला यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुदैछ ।

Categorized in खेलकुद