STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टुँडिखेलमा भव्यरुपमा मनाइयो सेना दिवस

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १५, बिहिबार

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस मुलुकभरि विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा बुधबार विशेष समारोह आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी भएका छन् ।

राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन् । दिवसको अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएका छन् ।

Categorized in राष्ट्रिय