STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टुँडिखेलमा तीन दिनसम्म सोनाम ल्होछार मनाइने

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ६, शुक्रबार

काठमाडाैँ - आजबाट सोनाम ल्होछारको महोत्सव शुरु हुँदैछ । सोनम ल्होछार २८५९ औं हृयोअी तावार ल्हो (बिरालो वर्ष) को अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने र साेकाे महाेत्सव सुरू भएकाे आयोजकले जनाएको छ ।

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरुको सहभागितमा टुँडिखेलमा शुक्रवार, शनिवार र आईतवार ल्होछार पर्वलाई हर्षोल्लासका साथ मनाउन लागिएको हो ।

तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारहरुद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रश्तुतिहरु हुनेछन् ।

Categorized in राष्ट्रिय