STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टीकापुर सार्वजनिक जग्गा हिनामिना अभियोगमा २४९ विरुद्ध मुद्दा दायर

Janjati Khabar – Janjati Khabar | २०८० माघ २६, शुक्रबार

काठमाडौँ - नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको अभियोगपत्रमा ६ बिघा १९ कट्ठा १० धुर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादीविरुद्ध २ करोड ५० लाख ६ हजार ८ सय ६९ रुपैयाँ बिगो, कैद र जरिवाना तथा व्यक्तिका नाममा लगिएको जग्गा जफतको मागदाबी गरिएको छ । बिगो रकम मालपोतमा देखाइएको न्यून मूल्यांकनका आधारमा कायम गरिएको हो ।

नगर विकास समितिका पदाधिकारी एवं कर्मचारीसहित १ सय ३५ विरुद्ध बिगो, कैद र जरिवाना तथा जग्गा हडप्ने कार्यमा सामेल तर हाल मृत्यु भइसकेका ७ जनाको हकमा नजिकका हकवालाविरुद्ध बिगो, जग्गा जफत र जग्गा आफ्ना नाममा राखेका १ सय ७ विरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना