STC 810x100 adv
janswastha 11 11 78

टर्कीकाे अब नयाँ नाम - टर्किए

Janjati Khabar – एजेन्सी | २०७९ जेठ १९, बिहिबार

एजेन्सी - संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई टर्कीको नाम परिवर्तन गरिएको जानकारी दिएका छन् ।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय भएको प्रवक्ताले उल्लेख गरेका छन् ।

विदेशमन्त्री काभुसोग्लुले अन्तरराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय
Newa Online Adv