STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

झापा कोईला फ्याक्ट्रीमा आगलागी

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २०, सोमबार

झापा - झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी हुँदा ठुलो क्षेती भएको छ ।

आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् ।

सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

उक्त आगोबाट हाल सम्म मानबिय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना