STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्योती सिङ्गिङ्ग स्टार २०७८ का अन्तिम चरणकालागि प्रतिस्पर्धिहरु छनौट सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन ५, मंगलबार

ज्योती म्युजिकद्वारा संचालित ज्योती सिङ्गिङ्ग स्टार २०७८ को सेमिफाइनलको निर्णय सोमबार सार्वजनिक  गरेको छ । नेपालभाषा र नेपाली गरी दुई अलग बिधाका गीत समावेस रहेको उक्त प्रतियोगिताको फाइनलमा जाने प्रतियोगीहरुको छनौट नेपालका प्रतिष्ठित र अनुभवी सांगितिक ब्यक्तिहरुले गर्नुभएको थियो । उक्त कार्यक्रमको निर्णायक रुपमा रहनु भएका वरिष्ठ गायक तथा संगीतकार सुमन कपाली, वरिष्ठ संगीतकार जुगल डंगोल र लोकप्रिय गायक तथा संगीतकार धर्मेन्द्र सेवान निर्णायक रहेको उक्त कार्यक्रमको फाइनल प्रतियोगिको लागि नेपाली विधामा १० र नेपालभाषामा ७ जनाको नाम छनौट गर्नुभएको छ । 

ज्योती सिङ्गिङ्ग स्टार २०७८ को सेमीफाइनलबाट फाइनलमा पुग्न सफल हुने नेपालभाषा विधाका ७ प्रतिस्पर्धीहरुमा  पुष्प रत्न बज्राचार्य – किर्तिपुर,

 यजु शिल्पकार – ललितपुर,प्रबिन बज्राचार्य – ललितपुर, सिद्धार्थ बज्राचार्य – ललितपुर, राजेश बज्राचार्य – बुबहाल, ललितपुर, सबिन महर्जन – थेच्व, ललितपुर र सना महर्जन – कुच्छेननी, ललितपुर त्यसैगरी नेपाली नेपालीभाषा बिधाका १० प्रतिस्पर्धीहरुको नाम यस प्रकार रहेको छ भने बिनायक पन्त – सातदोबाटो, ललितपुर, राजिब योगल श्रेष्ठ – धुलिखेल, काभ्रे, रमेश सेन्च्युरी – थेच्व, ललितपुर, सिद्धार्थ बज्राचार्य – ललितपुर, बिनु योन्जन – ललितपुर, सुरज मानन्धर – बालाजु, काठ्माण्डौं, यजु शिल्पकार – थसिखेल, ललितपुर,सबिन महर्जन – थेच्व, ललितपुर,रेजा शाक्य – थपाहिती, ललितपुर र सना महर्जन – कुच्छेननी, ललितपुर रहेका छन् । ज्योती सिङ्गिङ्ग स्टार २०७८  सेमीफाइनलको यो निर्णयपछि अब अन्तिम चरणको ग्राएण्ड फिनाले हुने जानकारी दिदैं यस कार्यक्रमका संयोजक अमोघवीर बज्राचार्यले फाइनलको लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

Categorized in साहित्य-कला