STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्याठा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणका लागि शिलान्याश सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १०, बुधबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज ज्याठा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणको शिलान्यास गर्नुभएको छ । वडा २५ ज्याथा द्योलुवीमा खलःले आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले उक्त भवनको शिलान्यास गर्नुभएको हो । 

यसमा निर्माण हुने भवनको नक्सा दस्तुर मिनाहा गर्ने प्रस्तावमा छलफल गर्दै असोज १८ गते बसेको कार्यपालिका बैठकले ३ लाख १५ हजार ८०५ रुपैयाँ दस्तुर मिनाहा गर्ने निर्णय गरेको कुरा सो कार्यक्रममा जानकारी गराइएको छ ।

शिलान्यासपछि कार्यक्रममा बोल्दै मेयर शाक्यले मूर्त अमूर्त कुनै पनि साँस्कृतिक सम्पदाको पुनर्निर्माण, मर्मत सम्भारका लागि खर्चको अभाव नहुने र प्रक्रियामा ढिलासुस्ती नहुने बताउनुभयो । महानगरपालिकाबाट कुनै ढिलाइ नहुने  बताउनु हुँदै उहाँले कहिलेकाहीँ गुठीयार र अंशियारकाबीचको विवादले आगमछेँ, क्वापाछेँजस्ता साँस्कृतिक संरचना पुनर्निर्माणमा ढिलो भईरहेको देखेको छु । भनि भन्नुभयो । 

त्यस क्रममा वडाध्यक्ष नीजकाजी शाक्यले वडाबासीको चाहना नै महानगरपालिकाको लक्ष्य हो र प्रचलित व्यवस्थाका आधार मानेर स्थानीय विकास अपेक्षा पूरा गरिनेछ  भनि भन्नु भयो र स्थानीय सम्पदाको प्रवर्धनबाट महानगरपालिकाको पहिचान उच्च हुने वडाध्यक्ष शाक्यको भनाइ थियो ।

शिलान्याश कार्यक्रममा जानकारी गराइए अनुसार सो भवन  साढे ४ तल्लाको  हुने र  कुल लागत करीब ४ करोड रुपैयाँ रहनेछ । त्यसमध्ये पहिलो चरणमा महानगरपालिकाले उपलब्ध गराउने ७५ लाख रुपैयाँ र उपभोक्ताले श्रमदान बापट व्यहार्ने १५ प्रतिशत बराबर खर्चमा निर्माण कार्य हुनेछ ।

Categorized in उपत्यका